लोकतन्त्रले कम्युनिस्ट र काङ्ग्रेसलाई एकै ठाउँमा ल्याएको छ: अध्यक्ष केसी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रले कम्युनिस्ट र काङ्ग्रेसलाई एक ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । नेपाली कांग्रेसले (आज) सोमबार आयोजना गरेको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले बीपी गणेशमान र लोकतन्त्रले एकतावद्ध भएर आगाडि बढ्न प्रेरित गरेको जानकारी दिएका छन् । उनले भने, ‘बीपी गणेशमान र लोकतन्त्रले हामीलाई एक ठाउमा ल्यायो । नत्र हामी कम्युनिस्ट र काङ्ग्रेसबीच बेमेल थियो । हाम्रो कारणले जनतामा वितृष्णा ल्याएको छ । लोकतन्त्र र गणतन्त्र ल्याउनेहरु प्रति जनताले गलत तरिकाले हेरेका छ्न् ।’

अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रप्रति गहन सबै नेताले गहन छलफल गर्नुपर्ने बताएका छन् । त्यसैगरी, उनले बीपीले जीवनभरि लडेर एकीकरणमा ल्याउन लागेको अभियानलाई अहिलेका पुस्ताले अपनत्व गराउनुपर्ने जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्