नेप्से परिसुचक मंगलबार ३०.०५ अंकले घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार नेप्से परिसुचक घटेको छ । आज नेप्से परिसुचक ३०.०५ अंकले घटेर २०३०.१० बिन्दुमा पुगेको हो ।

मंगलबार ३ सय ५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७ सय १२ कित्ता सेयर ८५ हजार ४ सय ३५ पटक खरिद-बिक्री हुँदा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९ सय २२ रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहका उपसूचक रातो देखिएका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ३.२१ र जीवन बीमा समूह २.९९ प्रतिशतले घटेका छन् ।

चिर्खुवा हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १६ करोड ११ लाख ७ हजार ९ सय ५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ४ लाख १७ हजार ८८ कित्ता सेयर किनबेच भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्