२ सय रुपैयाँले घट्यो बुधबार सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ सय रुपैयाँले घटेर १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम सुनको मूल्य १ लाख ३ हजार ५ सय ६५ रुपैयाँ, प्रति १० ग्राम सुनको मूल्य १ लाख ३ हजार ५० रुपैयाँ र प्रति १० चाँदीको मूल्य १२ सय ४३ रुपैयाँ कायम गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्