नेपाल-भारत संयुक्त आयोगको ७औँ बैठक सुरु !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल-भारत संयुक्त आयोगको ७औँ बैठक सुरु भएको छ । दरवारमार्गस्थित होटेल याक एण्ड यतिमा बिहीबार दिउँसो उक्त बैठक सुरु भएको हो ।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरिरहेका छन् । तीन वर्षपछि हुन लागेको बैठकमा विद्युत्, व्यापार,आपसी सीमा समस्या, हवाई रूटलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक सुरु हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो। सिंहदरवारमा उर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भएको सम्झौतामा नेपालका उर्जासचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका थिए । नेपाल र भारतबीच भारतले नेपाललाई दिँदै आएको सहयोग रकम बढाउने सम्झौतामा पनि हस्ताक्षर हुँदैछ ।

भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रुपैयाँ पुर्‍याउन गरेको प्रस्तावमा नेपालले सहमति जनाएको छ । बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री जयशंकर बिहीबार बिहान काठमाडौँ आइपुगेका थिए । मन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्