चक्कू प्रहारबाट घाइते बनेका दक्षिण कोरियाली नेता लीको स्वास्थ्यमा सुधार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चक्कू प्रहारबाट घाइते बनेका दक्षिण कोरियाली नेता लीको स्वास्थ्यमा सुधार भइरहेको छ । घाँटीमा धारिलो हतियार प्रहार हुँदा घाइते बनेका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे-म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको सियोल नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले बताएका हुन् ।

लीलाई दक्षिणी बन्दरगाह शहर बुसानमा मङ्गलबार पत्रकारहरूसँगको कुराकानीपछि गाडीतर्फ जाने क्रममा समर्थकको रूपमा आएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । उनको घाँटीको बायाँ भागमा चक्कुको चोट लागेको थियो । टाउकोबाट शरीरमा रगत जाने नसामा चोट लागेका लीलाई तत्काल स्थानीय अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नेता लीलाई पछि राजधानी सियोल लगी करिब दुई घण्टा लामो शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया गर्ने चिकित्सक मिन सेउङ-कीका अनुसार लीको भाग्यवश स्वास्थ्यमा सुधार आएको छ । लीको मांसपेशीमा १.४ सेन्टिमिटर छेडिएको घाउ देखिएको र घाँटीमा रगत जमेको भएपनि शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार देखिएको हो । चक्कूले भित्री नशा (जुगुलर भेन) करिब ६० प्रतिशत भाग काटेको सर्जन चिकित्सकले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्