काठमाडौँ महानगरपालिकाद्धारा पेट्रोल पम्पहरुमा शौचालय सञ्चालन गर्न निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका पेट्रोल पम्पहरुलाई अनिवार्य रुपमा शौचालय सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आगामी ४५ दिनभित्र पेट्रोल पम्पहरुमा शौचालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलका अधिकारीसहितको बैठकले बिहीबार यस्तो निर्णय गरेको हो । बैठकले महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरुको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सदस्यमा नेपाल आयल निगम, उपत्यका ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसिएसन र रिपुमर्दिनी पेट्रोल पम्प भद्रकालीका प्रतिनिधि रहेका छन् । समितिलाई पेट्रोल पम्पहरुको निरीक्षण गरेर तत्काल सुधार गर्नु पर्ने काम र निश्चित अवधिमा सुधार गर्नु पर्ने कामको अध्ययन गरेर ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

महानगरपालिकाले गत वैशाखमा पेट्रोलियन पदार्थ बिक्री मापदण्ड पूरा नगरेको वडा नम्बर १६ बालाजुमा रहेको कोत:धुकु आयल स्टोरमा शिलबन्दी गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्