वैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिद्धारा धार्मिक पर्यटन महोत्सवको आयोजना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिले मेला तथा महोत्सवको आयोजना गर्न लागेको छ । कञ्चनपुरको महाकाली नदीको ओदाली ऐरीस्थित हरिहर स्नान घाटमा मकरमेला तथा धार्मिक पर्यटन महोत्सवको आयोजना हुने भएको हो ।

मेलाका लागि प्रचारप्रसार सुरु गरिएको छ । मेला आयोजक समितिका सदस्य कृष्णसिंह देउवाका अनुसार मेला पुस २२ गतेदेखि फागुन २५ गतेसम्म लाग्नेछ । धार्मिक पर्यटनलाई बढावा दिन मेला आयोजना गर्न लागिएको उनले बताएका छन् । मेला सम्पर्क समितिका संयोजक नरबहादुर साउदले भने, “पुस २२ गते धर्मध्वज पुजन गरी मेलाको प्रारम्भ गरिनेछ । पुस २८ गतेदेखि माघ १ गतेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । त्यसपछि नरहरि सङ्क्रान्तिका दिन महास्नान, कुम्भ स्नानको कार्यक्रम फागुन १ गते राखिएको छ । वसन्तपञ्चमीका दिन महास्नान, माघपूर्णिमा माघ स्नानपूर्ति, महाशिवरात्रिमा विशेष स्नानको कार्यक्रम राखिएको छ ।

गङ्गा दशहराका दिन वैजनाथ सिद्धनाथ मन्दिरमा धाम पूजाको मुख्य पर्वका रुपमा मनाइने कार्यक्रम तय गरिएको साउदको भनाइ छ । धार्मिक मान्यता अनुसार महाकाली नदीलाई पवित्र नदीका रुपमा लिइन्छ । नदीमा मकरसङ्क्रान्तिका बेला वर्षौं पहिलेदेखि भक्तजनले स्नान गर्दै आएका छन् । यस नदीमा स्नान गरे सबै पापकर्म हटेर जाने जनविश्वास रहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्