अकबरे खुर्सानीको मूल्य बढ्यो, अन्य तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ भएको पाइएको हो ।

समितिका अनुसार मंगलबार हरियो अंगुर प्रतिकेजी २ सय २० रुपैयाँ, कालो अंगुर ३ सय २०, केरा १ सय ३०, अनार ३ सय, किवि २ सय ५०, एभोकाडो २ सय ५०, अमला ८० र अम्बा १ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । नेपाली ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, लोकल सानो गोलभेडा १०, अदुवा १ सय ५०, रातो आलु ३३, रातो भारतीय आलु ३० रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, कागती १ सय २०, सुकेको खुर्सानी ४ सय ८०, हरियो खुर्सानी ६०, अकबरे हरियो खुर्सानी ५ सय ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

यस्तै, लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँ, लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ८०, हरियो फर्सी लाम्चो २०, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । तोरीको साग ४०, रायो साग ३०, चमसुर, पालुँगो, मेथी र सौफको साग ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार तराई परवर १ सय ३०, गुन्द्रुक २ सय ५०, भारतीय सुकेको प्याज ८५, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदिना २ सय २० रुपैयाँ केजी, ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २ सय ५०, हरियो लसुन १ सय १०, नेपाली सुकेको लसुन २ सय ६० रुपैयाँमा खरिद-बिक्री भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्