मंगलबारको मौसम पूर्वानुमान !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराई क्षेत्रका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मंगलबार राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

मुलुकका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाइ यातायातमा प्रभाव पर्न सक्ने भएकाले सचेत रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ । तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन सबैलाई आग्रहसमेत गरेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्