१२ सय रुपैयाँले घट्यो बुधबार सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौथो दिन (आज) बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १२ सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १३ हजार ४० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ८ हजार ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्