रास्वपाको केन्द्रीय समिति बैठक दिउँसो ३ बजे बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । सो बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो ३ बजे बस्न लागेको हो ।

बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल हुने महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन् । समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स सम्बन्धी अहिलेसम्म भएका अध्ययन, विभागहरूको रिपोर्ट लगायत विषय पनि छलफलका एजेण्डा छन् ।

बैठकमा दुईसाता अघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा गरिएको नारायणगढ-बुटवल १ सय १३ किलोमिटरको विकास आयोजना पदयात्राका विषयमा पनि छलफल हुने भएको छ । आगामी दिनमा गर्न लागिएको विकास आयोजना पदयात्राका बारे कुराकानी हुने महामन्त्री ढकालले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्