७ सय रुपैयाँले घट्यो बिहीबार सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पाँचौं दिन (आज) बिहीबार पनि सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७ सय रुपैयाँले घटेर १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ७ सय ४० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख २ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९२ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्