सवारीसाधनका लागि इजाजतपत्र दिन राजस्व सङ्कलन केन्द्र स्थापना

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । इलामको पशुपतिनगरमा सवारीसाधनका लागि इजाजतपत्र दिन राजस्व सङ्कलन केन्द्र स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल-भारत सीमा नाकास्थित पशुपतिनगरमा उक्त केन्द्र स्थापना गरिएको हो ।
उक्त केन्द्रको स्थापनाले पर्यटक लिएर नेपाल प्रमाणका लागि प्रवेश गर्ने सवारीसाधन पशुपतिनगर नाका हुँदै आउँदा सडकको पटके कर तिर्न इलाम वा झापा पुग्नुपर्ने बाध्यता हटेको छ । सो नाका भएर नेपाल प्रवेश गर्ने सवारीसाधनबाट वार्षिक करिब रु डेढ करोडभन्दा बढी राजस्व सङ्कलन हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, नेपाल आउने पर्यटक तथा सवारी व्यवसायीलाई सहज हुने यातायात व्यवस्था कार्यालयका प्रमुख छविलाल खतिवडाले बताएका छन् । पशुपतिनगर नाका भएर दैनिक १ सयभन्दा बढी भारतीय सवारीसाधनमा पर्यटक नेपाल भित्रिने गरेको जनाइएको  छ । कर सङ्कलन केन्द्रबाट विशेषगरी भारतीय सवारीसाधनलाई सुविधा भएको सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले बताएका छन् ।
कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईसमक्ष उद्योग वाणिज्य सङ्घले कर सङ्कलन केन्द्र स्थापनाका लागि पहल गरेपछि कार्यालय स्थापना भएको जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्