सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन विकासमन्त्री गुरुङको निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएकी छिन् । मंगलबार तेह्रथुम जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका साथै विभिन्न कार्यालयका प्रमुखसँगका बैठकमा उनले कार्यालयहरुले प्रवाह गर्ने सेवा छिटोछरितो र सहज बनाउन निर्देशन दिएकी हुन् ।

मन्त्री गुरुङले जिल्लाका राजनीतिक दलका प्रमुखसँग जिल्लाको समग्र विकासबारे छलफल गरेकी छिन् । सहरी विकास मन्त्रालयमार्फत निर्माण हुन लागेको आठराई गाउँपालिकाको शीत भण्डार, महिला सामुदायिक भवन, म्याङलुङको मिनि मार्केट, आठराई गाउँपालिका-९को वडा कार्यालयको प्रशासनिक भवन शिलान्यास गरेकी छिन् । सो अवसरमा उनले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गरिन् ।

उनले मंगलबार नै लालिगुराँस नगरपालिकामा भइरहेको उद्यौली उभौली मेलाको पनि उद्घाटन गरेकी छिन् । मन्त्री गुरुङलाई लालीगुराँस नगरपालिकाको वसन्तपुरमा स्थानीयले सांस्कृतिक च्याब्रुङ नाच (केलाङ),झाक्री नाच (येवा लाङ), नौमती बाजासहित स्वागत गरेका छन् । लालीगुराँस नगरपालिकाको वसन्तपुरमा निर्माण हुन लागेको मिनिमार्केट र प्रशासनिक भवन शिलान्यास गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव हेमन्त गुरुङले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्