बुधबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ बिन्दुमा कायम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको  कारोबारको चौँथो दिन (आज) बुधबार सेयर बजारमा मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९ सय ४९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजारमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । सो कम्पनीको २५ करोड १५ लाख ६८ हजार ६७ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी नाफा चन्द्रागिरी हिल्स् लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

 

त्यसैगरी, सेयर बजारमा तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्