सुनचाँदीको मूल्य शुक्रबार स्थिर रह्यो, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको छैठौँ दिन (आज) शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

बिहीबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, शुक्रबार पनि १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १हजार १ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्