शहीदका सपना पूरा गर्न सबै दल एक हुनुपर्छ: सभामुख घिमिरे

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शहीदका सपना पूरा गर्न सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शहीद दिवसका अवसरमा मंगलबार सन्देश दिँदै उनले यीतो जोड दिएका हुन् ।

सभामुख घिमिरेले दलहरुको एकतामा नै लोकतन्त्र बलियो हुने र यसविरुद्ध हुने चलखेल निस्तेज हुनेमा दुई मत नभएको जानकारी दिएका छन् । राणा शासनलाई अन्त्य गर्न आफ्नो जीवन आहुति दिने अमर शहीदहरु दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

उनले नेपाली जनतालाई स्वतन्त्रता र अधिकार प्राप्तिका लागि आफ्नो जीवन अर्पण गरेका शहीदले देखेको समृद्धिको सपना पूरा गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार हुनुपर्ने जनाएका छन् । ‘विभिन्न तह र तप्काअनुसार सबैको भूमिका संविधानले नै प्रस्ट पारेको छ । त्यसकारण सबैले आफ्नो संवैधानिक भूमिकालाई ख्याल गर्दै जिम्मेवारी पूरा गर्ने हो भने शहीदप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गरेको ठहरिनेछ’, उनको सन्देशमा भनिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्