काउलीको मूल्य बढ्यो, मंगलबार अन्य तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ…

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफुलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको हो ।

समितिका अनुसार मंगलबार नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, लोकल सानो गोलभेडा ३५, भारतीय ठूलो गोलभेडा ७०, गोलभेडा सानो(तराई) ३५, अदुवा १ सय ८०, रातो आलु २८, रातो भारतीय आलु २८ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, लौका ६०, स्थानीय काउली ४५, स्थानीय काउली(ज्यापु) ६०, ब्रोकाउली ९०, कागती १ सय ७०, खु्र्सानी सुकेको ४ सय ८०, हरियो खुर्सानी (बुलेट) ८०, माछे हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

मंगलबार लोकल बन्दा ३०, लोकल गाजर प्रतिकेजी ३५, तराई गाजर २५ रुपैयाँ, लोकल सेतो मूला १५, रातो मूला १५, गान्टे मूला  ७०, लोकल घिउ सिमी  ७०, टाटे सिमी ६०, राजमा घिउ सिमी १ सय २०, हरियो फर्सी लाम्चो ७०, पाकेको फर्सी ४५, डल्लो हरियो फर्सी ७० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । तोरीको साग ३०, रायो साग ४०, चमसुर, पालुँगो, मेथी र सौफको साग ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज कुरीलो १८ सय, सजिवन २ सय २०, गुन्द्रुक २ सय ५०, डल्ले च्याउ ४ सय, कन्य च्याउ १ सय ६०, शरीफा ३ सय, भारतीय सुकेको प्याज ७०, हरियो प्याज १ सय २० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । पुदीना ३ सय रुपैयाँ केजी, चाइनिज सुकेको लसुन २ सय ५०, हरियो लसुन १ सय २०, नेपाली सुकेको लसुन २ सय ८०, चुकुन्दर ७०, तामा ९०, तोफु १ सय ५०, तिते करेला १ सय २०, भिण्डी १ सय २०, पिंडालू ६०, स्कूस ५०, बरेला ६०, बकूला ७०, सेलरी ८०, पार्सले २ सय २०, इमली १ सय ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मंगलबार हरियो अंगुर न्यूनतम मूल्य प्रतिकेजी १ सय ५० रुपैयाँ, कालो अंगुर २ सय ५०, केरा १ सय २०, अनार २ सय ८०, किवि ३ सय ५०, आभोकाडो ३ सय, अमला ८० र अम्बा १ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यस्तै, स्ट्रबेरीको न्यूनतम मूल्य ३ सय रुपैयाँ, रुख कटहर १ सय २० रुपैयाँ, भुई कटहर १ सय ५०, मौसम १ सय ४०, लोकल काक्रो १ सय २०, हाइब्रीड काक्रो ५०, नेपाली मेवा ६०, भारतीय मेवा ७०, लप्सी ८० र जुनार २ सय ५० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

आज नेपाली सुन्तला १ सय २० रुपैयाँ, भारतीय सुन्तला १ सय १०, तरबुजा ६०, अनार २ सय ८०, चाइनिज नासपाती २ सय ५०, किनु ८०, छ्यापी सुकेको २ सय ८०, छ्यापी हरियो १ सय, ताजा माछा(रहु) ३ सय ५०, ताजा माछा (बचुवा) २ सय ६०, ताजा माछा(मुंगरी) ३ सय,ताजा माछा(छडी) २ सय ४० रुपैयाँमा कायम भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्