कारोबारको तेस्रो दिन पनि बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलवार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन पनि ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १६ हजार ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १२ हजार १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२१७.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्