बुधबारको खेलमा बङ्गलादेशविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइसीसी १९ वर्षमुनि (यू-१९) विश्वकप क्रिकेट प्रतियोगिताको सुपरसिक्स अन्तर्गत बङ्गलादेशविरुद्धको बुधबारको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा जारी खेलमा टस जितेर नेपाल ब्याटिङमा उत्रिएको हो ।

नेपालले समूह चरणमा अफागानिस्तानलाई पराजित गर्दैसुपर सिक्समा पुगेको हो । समूह चरणमा नेपाल न्यूजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो । बंगलादेशले समूह चरणको खेलमा आयरल्याण्ड र अमेरिकालाई हराएको थियो भने भारतसँग पराजित भएको थियो । यसअघि नेपाल र बंगलादेश विश्वकपमा दुई पटक आमने सामने भएका छन् ।

यस्तै, सन् २००२मा भएको विश्वपकमा नेपालले बङ्गलादेशलाई २३ रनको पराजित गरेको थियो । सन् २०१६को विश्वकपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो । नेपालको प्लेइङ ११मा कप्तान देव खनालसहित अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, विशाल विक्रम केसी, गुलशन झा, दीपक बोहोरा, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द र दुर्गेश गुप्ता छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्