बुधबार २१.६७ अंकले घट्यो नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौँथो दिन (आज) बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १ सय २० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजारमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । सो कम्पनीको ६३ करोड ८७ लाख ८२ हजार ६ सय ९१ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी समलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पानीको सेयर ९.८७ प्रतिशतले बढेको छ ।

त्यसैगरी, सेयर बजारमा मेन्चियाम  हाइड्रोपावर लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर ५.८७ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्