१०.५० अंकले घट्यो आइतबार नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आइतबार नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ५ कम्पनीको १ करोड ५७ लाख ११ हजार ९९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८५ करोड ६७ लाख ८४ हजारमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार ३ सय ६८ रुपैयाँ ६० पैसा  बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी समाज लघुवित्त वित्तीय संस्था कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा एनआइसी एशिया ग्रोथ फण्ड-२ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्