महासचिव पोखरेलको ट्रमा सेन्टरमा स्वास्थ्य जाँच, अवस्था सामान्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलको ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ । दैलेखमा शनिबार भएको सवारी दुर्घटनामा परेका महासचिव पोखरेलको आइतबार काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको हो ।

सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा सवार गाडी सडकमा पल्टिँदा उनको सामान्य घाइते भएको एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिएका छन् । ‘उनी आज ट्रमा सेन्टरमा गइ उनको स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको छ’, सचिव अधिकारीले भने, ‘उनको तिघ्रा र हातमा समान्य चोट लागेको छ । भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन ।’

महासचिव पोखरेलले आजै सुर्खेतबाट काठमाडौँ आएका छन् । जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका-१ चुप्रा नजिकै उनी सवार गाडी सडकमा पल्टेको हो । गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा कर्णाली प्रदेश कमिटी सचिव धुर्व शाही पनि थिए । गाडीमा रहेका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा चोट लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्