चीनको ग्यास खपत ७.६ प्रतिशतले बढ्यो !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सन् २०२३मा चीनको ग्यास खपत ७.६ प्रतिशतले बढेको छ । चीनको हरित विकासलाई बढावा दिने प्रयासबीच सन् २०२३मा चीनको प्राकृतिक ग्यासको खपतमा निरन्तर वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको हो ।

राष्ट्रिय विकास तथा सुधार आयोगका अनुसार गत वर्ष प्राकृतिक ग्यासको खपत ७.६ प्रतिशतले बढेर ३ खर्ब ९४ अर्ब ५३ करोड घनमिटर पुगेको थियो । सन् २०२३को डिसेम्बरमा प्राकृतिक ग्यासको खपत सन् २०२२को सोही अवधिको तुलनामा ९.५ प्रतिशतले वृद्धि भई ३७ अर्ब ६५ करोड घनमिटर पुगेको छ ।

चीनले सन् २०२३मा २२९.७ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ । जुन सन् २०२२को तुलनामा ५.८ प्रतिशतले बढी हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्