‘देशभित्रै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउँदैछौँ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वर्तमान चिकित्सा शिक्षा ऐनमा संसोधन गरि देशभित्रै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिएको बताएका छन् । बुधबार ललितपुरको कुपण्डोलमा निर्माण सम्पन्न भएको प्रसूति गृहको सेवा बिस्तार तथा अध्ययन अनुसन्धान नयाँ भवनको बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षा पढ्नका लागि अभाव भइरहेको भन्दै ऐनमा संसोधन गरि देश भित्रै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिएको जानकारी दिएका हुन् । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि जनशक्ति थप नगरिएकोले गुणस्तरीय उपचार सेवा प्रदान गर्न मुस्किल भएको बताएका छन् । स्वास्थ्यमा अहिले ९२ हजार थप जनशक्ति आवश्यक भए पनि ३२ हजार थप्नै पर्ने गरि गृहकार्य अगाडि बढाएको उनको भनाइ छ ।

त्यस्तै, उनले प्रसूति गृहले महिला स्वास्थ्यका क्षेत्रमा पुर्याइरहेको योगदानको स्मरण गर्दै सबै बिस्तारले अस्पताललाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । उपचार सेवाका साथै प्रसूति गृहले नर्सिङ र विशेषज्ञ चिकित्सक उत्पादनमा पनि योगदान गरिरहेको बताउँदै मन्त्री बस्नेतले अहिले पढाई रहेको संख्या न्यून भएकाले कोटा बढाउनु पर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोसन पोखरेलले प्रसूति गृहले अहिले सञ्चालन गरिरहेको ४ सय ८९ शैयाले सेवाग्राहीको चापलाई थाम्न सक्ने अवस्था नभएको बताउँदै अस्पतालको यो नयाँ भवनले सेवा प्रवाहमा सहज हुने बताएका छन् । विसं २०१६ सालमा स्थापना भएको अस्पतालमा अहिले ८ सय जना कर्मचारी र स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्