टुँडिखेलमा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रममा पत्रकारलाई प्रवेशमा रोक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । टुँडिखेलमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रममा समाचार सङ्कलनका लागि काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्च अगाडि पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो ।

समाचार सङ्कलनमा पुगेका पत्रकारहरूले कार्यक्रमस्थलमा प्रवेश नपाएपछि सैनिकमञ्चको गेटमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन् । समाचार सङ्कलनका लागि विशेष प्रवेश पास चाहिने भन्दै भित्र पस्न नदिएको पत्रकारहरूको भनाइ छ ।

कार्यक्रममा यसअघिका सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रले काम गर्ने गरेको थियो । प्रजातन्त्र दिवसको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरू तथा संवैधानिक निकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्