प्रजातन्त्र दिवसको अवसरमा सोमबार सेयर बजार बन्द !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज) सोमबार सेयर बजार बन्द भएको छ । प्रजातन्त्र दिवसको अवसरमा सोमबार सेयर बजार बन्द भएको हो ।

प्रजातन्त्र दिवसको अवसरमा आज देशभरका शैक्षिक संस्था, सार्वजनिक संस्था, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द भएका छन् । आईतबार २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा बन्द भएको सेयर बजार मंगलबार खुल्नेछ ।

सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएसँगै सोमबार सेयर बजार बन्द भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्