गाउँपालिकाद्धारा दिवा खाजामा स्थानीय परिकार समावेश गर्न निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सान्नी त्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजामा स्थानीय परिकार समावेश गर्न निर्देशन दिएको छ । सोहीअनुसार सामुदायिक विद्यालयले पनि स्थानीय उत्पादन कोदो, मकै, फापरका परिकार प्रयोग गर्न थालेका हुन् ।

गाउँपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयमा हरेक बार फरक-फरक परिकारको तालिका बनाइ कार्यान्वयन गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो । दिवा खाजा शिशुदेखि कक्षा ५ सम्म उपलब्ध गराइएको छ ।

त्यसैगरी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख मोहनवीर धामीले भने, ‘विद्यार्थीलाई स्थानीय मौलिक परिवार खिर, लिटो, फलफूल, दातभात, रोटीलगायतका खाजा खुवाउने गरेका छौँ । सबै सामुदायिक विद्यालयमा अध्ययनरत ६ हजार विद्यार्थी भए पनि ३ हजार विद्यार्थीलाई रैथाने बालीको खाजा गराएको छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्