विद्यालयको छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शालिन पोखरेलको अन्तिम संस्कार गरिएको छ । विद्यालयको छात्रावासमा मृत फेला परेकी छात्रा पोखरेलको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

मृतकका पिताले छोरीको पार्थिव शरीरमा दाग बत्ती दिएका हुन् । आर्यघाटमा उपस्थित आफन्तले शालिनको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै न्यायका लागि माग गरेका थिए । चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन् । उनी कक्षा ८ मा पढ्थिन् ।

उनको हत्या भएको किटानी जाहेरीको आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । त्यस्तै, पक्राउ परेका रत्ननगर नगरपालिका-१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेललाई अदालतले पहिलोपटक ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

घटनास्थलमा भेटिएको सुसाइड नोट परीक्षणका लागि प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्