टर्कीमा डुङ्गा पल्टिँदा ८ जना आप्रवासीको मृत्यु, ४ जनाको सकुशल उद्धार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । टर्कीमा आठ जना आप्रवासीको डुबेर मृत्यु भएको छ । टर्कीको समुद्री किनारामा डुङ्गा पल्टिँदा आठ जना आप्रवासीको डुबेर मृत्यु भएको हो ।

शुक्रबार स्थानीय गभर्नरको कार्यालयले  दिएको जानकारी अनुसार डुङ्गा दुर्घटनामा परेका कूल १२ जनामध्ये आठ आप्रबासीको डुबेर मृत्यु भएको छ । साथै, बाँकी चार जनाको सकुशल उद्धार भएको छ । त्यसैगरी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको राष्ट्रियता भने खुल्न सकेको छैन ।

टर्कीको उत्तरपश्चिमी प्रान्त क्यानाक्केलेको तटमा रहेको गोक्सिडा वा इम्ब्रोस भनिने टापुमा डुङ्गा पल्टिएको हो । अधिकारीहरूले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएका छन् । टर्कीले अधिकांश सिरियालीसहित करिब ४० लाख शरणार्थीलाई आश्रय दिइरहेको छ ।

अङ्काराले सन् २०१६ मा युरोपेली सङ्घसँग आर्थिक सहायतालगायत विभिन्न प्रोत्साहनको बदलामा शरणार्थीहरूको आगमन रोक्न सम्झौता गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्