कारोबारको पहिलो दिन १०.६२ अंकले घट्यो नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा आज नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ४ कम्पनीको ८ करोड ४० लाख ६ हजार ७६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सयमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार सिभम् सिमेन्टस् लिमिटेडको भएको छ । उक्त कम्पनीको ४१ करोड ६४ लाख १७ हजार ६ सय ८० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा सप्तकोशी डेभलोप्मेन्ट बैंक लिमिटेडका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा विन लघुवित्त वित्तीय संथा लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ७.८३ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्