जीविकोपार्जनको आधार बनाउँदै चित्रकला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकञ्चनपुरको बेलौरी नगरपालिका-२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो । कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उनले यही सीपलाई जीविकोपार्जनको आधार बनाएका हुन् ।

आफूले व्यावसायिक रुपमा चित्र कोर्न तथा भित्तेलेखन सुरु गरेको दुई दशकबढी समय भएको उनले सुनाएका छन् । ‘विद्यालयमा छँदा गृहकार्य गर्न छोडेर चित्र बनाउथे । रातमा टुकी बालेर भारतीय अभिनेता गोविन्दा, सञ्जयदत्तको चित्र बनाएर दाईलाई देखाउथे’, चौधरीले भने, ‘चित्रकलाप्रति सानैदेखि इच्छा भएकाले यसतर्फ आकर्षित भएँ ।’ उनले चित्र बनाउनका लागि कुनै तालिम लिएका छैनन् । विद्यालयमा चित्रकला प्रतियोगितामा प्रथम भएपछि यसप्रति झनै लगाव बढेको तुलसीराम चौधरीले बताएका छन् । सगरमाथामा नेपालको झण्डा फहराएको चित्र बनाएको थिएँ । देशको पहिचान झल्काएको भन्दै शिक्षक धेरै प्रशंसा गरे’, विद्यालयमा छँदाको अनुभव सम्झँदै उनले भने, ‘त्यसबेला मलाई सगरमाथा विश्वकै अग्लो शिखरको भन्ने थाहैँ थिएन । दिमागमा त्यस्तै फुर्यो, बनाएँ ।’

त्यस्तै, उनी चित्र कोर्ने कामका साथै खेती किसानीमा पनि संलग्न छन् । बेलौरी नगरपालिका-२ बैजुडाँडामा डेढ बिघा जमिनमा खेती गरिरहेको तुलसीरामले बताएका छन् । ‘फुर्सदको समयमा खेतीपाती गरिन्छ । चित्र तथा लेखनको काम आएपछि त्यो पनि छोडिदैन ।’, उनले भेन, ‘विगतभन्दा अहिले नयाँ प्रविधि आउनाले हस्तकलाको काम कम पाइन्छ ।’ उनका अनुसार विगतमा मासिक रु ५० हजारभन्दाबढी कमाउन सकिन्थ्यो । प्रविधिको बढ्दो प्रयोगले हस्तकला हराउँदै गएको उनले बताएका छन् । विगतको तुलना काम कम पाइने भए पनि हाल दैनिक रु १ हजारसम्म आम्दानी भइरहेको उनको भनाइ छ ।

‘विगतमा सरकारी कार्यालय, पसल सबैतिर हातैले लेख्थे । अहिले डिजिटल मेसिन आइसके । विगतको भन्दा काम कम पाइन्छ’, उनले भने, ‘त्यहीँ पनि दिनहुँ रु १ हजार भन्दा बढी आम्दानी हुने गर्छ ।’ भित्तेलेखन तथा चित्र कोरेबापत प्रतिवर्ग फिट रु ३ सयदेखि ५ सयसम्म शुल्क लिने गरिएको छ । तुलसीराम भारत्तोलनको खेलाडी पनि हुन् । विसं २०४६ मा क्षेत्रीय प्रतियोगितामा भारत्तोलनमा प्रथम र राष्ट्रिय प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको उनको भनाइ छ ।

यसैगरी तुलसीरामको बेलौरी नगरपालिका-२ बैजुडाँडामा श्रीमती र छोरा बस्छन् । ‘दाइछोरीहरु पनि राम्रो चित्र बनाउँछन् । अन्य पेसामा हुँदा उनीहरुले व्यवसायिकता दिन पाएका छैनन्’, उनले भने ‘चित्र कोरेर र भित्तेलेखन गरेर गुजारा चलेको छ । कामको खोजीमा विदेशिनु परेको छैन । यसमै खुसी छुँ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्