नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार उपाध्यक्ष महरा कपिलवस्तुबाट पक्राउ परेका हुन् ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएका थिए ।

त्यस्तै, यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्