करेला र परवरको मूल्य घट्यो, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ…

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज करेला र परवरको मूल्य घटेको छ भने अन्य तरकारी तथा फलफूलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार मंगलबार रुख टमाटर १ सय ५० रुपैयाँ, नेपाली ठुलो गोलभेडा न्युनतम ५०, भारतीय ठुलो गोलभेडा ६०, सानो गोलभेडा (टनेल) ५०, आलु रातो ३८, आलु सेतो ३२ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, तितो करेला १ सय १०, लौका ६०, परवर(तराई) १ सय २०, घिरौला ८०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ५०, सलगम ७०, भिण्डी १ सय, पिंडालू १ सय १०, सखरखण्ड ६०, बरेला ५०, स्कुस ४० रहेको छ । आज रायो साग ४० रुपैयाँ, पालुंगो ६० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, मेथीको साग ६० रुपैयाँ र सौफको साग ६०, जिरीको साग ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार भारतीय हरियो प्याज ५० रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ,  ब्रोकाउली ४०, चुकन्दर ५०, कुरीलो ७ सय, सजिवन १ सय ३०,रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज सेलेरी ९०, पार्सले १ सय ८०, पुदिना १ सय ८०, इमली १ सय ४०, तामा १ सय, तोफु १ सय ५०, गुन्दुक २ सय ५०, रातो मूला ५० रुपैयाँ, सेतो मूला (हाइब्रीड) ५० रुपैयाँ, गान्टे मूला ७०, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ७०, बोडी(तने) १ सय ३०, मटरकोशा ५० रुपैयाँ, घ्यु सिमि लोकल ७० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ७०, घिउ सिमी (राजमा) १ सय १०, टाटे सिमि १ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बकूला ४०, तरुल ७०, कन्य च्याउ १ सय ४०, डल्ले च्याउ २ सय ४०, अदुवा २ सय, हरियो खुर्सानी १ सय २०, सुकेको खुर्सानी ४ सय २०, खुर्सानी हरियो (बुलेट) १ सय २०, खुर्सानी हरियो (माछे) १ सय १०, भेडे खुर्सानी १ सय ३०, हरियो लसुन १ सय, हरियो धनिया ३०, कागती २ सय ५०, चाइनिज सुकेको लसुन २ सय ४०, लसुन सुकेको नेपाली १ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।
समितिका अनुसार मंगलबार हरियो स्याउ(झोले) २ सय २० रुपैयाँ, स्याउ(फूजी) ३ सय, केरा १ सय ३० दर्जन, अनार २ सय ८०, अंगुर १ सय ३०, कालो अंगुर २ सय, भारतीय सुन्तला १ सय, हरियो तर्बुजा ४५, मौसम १ सय ३०, जुनार २ सय ५०, भुई कटहर प्रति गोटा १ सय ४०, रुख कटहर ९०, लोकल काक्रो १ सय ५०, हाइब्रिड काक्रो ७० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी  निबुवा ५०, चाइनीज नासपाती २ सय, नेपाली मेवा ८०, भारतीय मेवा ९०, अम्बा २ सय, लप्सी १ सय ४०, अमला ९०, किनु १ सय, किवी ४ सय र स्ट्रबेरी भुईऐसेलु २ सय ५० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।
यस्तै, आज हरियो छ्यापी  १ सय, ताजा माछा (रहु) ३ सय ४०, ताजा माछा (बचुवा) २ सय ६०, ताजा माछा (छडी) २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्