सुनचाँदीको मूल्य बढ्यो, मंगलबार कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७ सय रुपैयाँले बढेर १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १५ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख ७ हजार ३ सय रुपैयाँ, तेजावी सुनको मुल्य १ लाख ६ हजार ८ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मुल्य १३०७.५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्