यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ३४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ मुल्य ८३ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ४८ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ३२ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ०८ पैसा रहेको छ ।

त्यसैगरी शुक्रबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३१ पैसा र बिक्री दर ९८ रुपैयाँ ७६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्