गृहमन्त्री भन्छन्:-‘सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । पत्रकारहरुसँग आइतबार कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

गृहमन्त्रीले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको जनाएका छन् । उनले भने, ‘सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।’ देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ छ । सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने उनी बताउँछन् । उनले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने उनको भनाइ छ ।

यस्तै, सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले जानकारी दिएका छन् । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरेका छन् । सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उनको भनाइ छ । उनले भने, ‘काहीँ कतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो । निर्दोष नफसोस् दोषी नउम्यिोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । त्यहीअनुसार काम हुन्छ ।’ प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उनले जानकारी दिएका छन् ।

फरक प्रसङगमा बोल्दै उहाँले चेपाङ् समुदायका लागि राज्यको उपस्थिति हुनेगरी सरकारले काम गर्ने बताउनुभयो । विज्ञहरु र सरोकारवाला प्रतिनिधिसँगको छलफलबाट यसवर्ष बजेटमै राखेर काम गर्न लागिएको उहाँले बताउनुभयो । जनताको दुःखमा राज्य पुग्नुपर्ने उनी बताउँछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्