सोमबार सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज) सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ सय रुपैयाँले बढेर १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १५ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख ८ हजार ६ सय २५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य १ लाख ८ हजार १ सय १० रुपैयाँ, १० ग्राम चाँदीको मुल्य १२ सय ९९ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्