१३ सय रुपैयाँले घट्यो शुक्रबार सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको छैँठौ दिन (आज) शुक्रबार सुनको मूल्य घटेको छ । बिहबिारको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले घटेर १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १६१५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १३ हजार ७ सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १३ हजार २ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३८४.५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्