घुस मागेको आरोपमा प्रमुख इञ्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध घुस मागेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयेगका अनुसार भट्टराईले भक्त्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग ८० लाख रुपैयाँ घुस मागेका थिए । साथै, उनले सो रकम जग्गा बिक्रेताको खातामा जम्मा गर्न लगाएको पाइएको छ । त्यसैगरी आयोगले प्रमुख भट्टराईलाई आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गरेको आरोपसमेत लगाएको छ ।

आयोगले छोरा सरोज र आमा जनकनन्दनी भट्टराई दुवैलाई आरोप लगाउँदै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आरोपी दुवैलाई बिगो बमोजिम कारवाहीको माग गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्