बागमती नगरपालिकाका प्रमुख थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही बागमती नगर प्रमुख थापा विरुद्ध स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्ट्रचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

प्रमुख थापाले गैरकानुनीरुपमा रु ५ करोड ३३ लाख ५३ हजार १ सय ७९ सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । थापाले विसं २०७४ असोजदेखि विसं २०७९ माघसम्ममा रु ७ करोड ८६ लाख ५० हजार अवैध तरिकाले कूल आम्दानी गरेको र यही अवधिमा रु १३ करोड २० लगानी तथा खर्च गरेको अख्तियारको भनाइ छ ।

कूल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको रु ५ करोड ३३ लाख ५३ हजार एक सय ७९ अवैध तरिकाले आम्दानी गरेको अख्तियारका दाबी छ । आयोगले नगर प्रमुख थापाले श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइबुहारी द्वारिका राउतका नाममा खरिद गरिएका घरजग्गा, विभिन्न कम्पनीमा गरेको लगानी, शेयर खरिद, जीवन बीमा प्रिमियम भुक्तानीमा भ्रष्टाचार गरेको रकम खर्च भएको उल्लेख गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्