पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

मंगलबार देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भागको थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज राती भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भागको थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्