काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ २६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ८६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ५६ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ ४७ पैसा रहेको छ ।
आइतबार क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७८ पैसा र बिक्री दर ९७ रुपैयाँ २१ पैसा रहेको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: