आइतबार सुनको मूल्य स्थिर, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी तेजाबी सुनको मूल्य स्थिर रहेर प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने २० रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १९ हजार ४ सय ३० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १८ हजार ८ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ९२ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्