१२.२९ अंकले बढ्यो आइतबार नेप्से परिसूचक, २ अर्ब २५ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारेबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १० कम्पनीको ६३ लाख ९३ हजार २ सय ४५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । सो कम्पनीको १० करोड २१ लाख ३७ हजार २ सय २७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यसैगरी आज सबैभन्दा बढी नाफा दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ । यस्तै आज पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मूल्य ७.४६ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्