स्वरोजगार बनाउन ३० जना युवायुवतीलाई वारिष्टा तालिम प्रदान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन व्यासका ३० जना युवायुवतीलाई वारिष्टा (कफी बनाउने) तालिम प्रदान गरिएको छ । व्यास नगरपालिका ३ नं वडा कार्यालयको आयोजनामा बेरोजगार युवायुवतीलाई समावेश गरी ४५ दिनको तालिम प्रदान गरेको हो ।

बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडासदस्य दधिराज घिमिरेले बताउँछन् । ‘व्यक्तिगतरुपमा तालिम लिँदा प्रतिव्यक्ति रु १७ हजारसम्म लाग्ने रहेछ’, वडासदस्य घिमिरेले भन्नुभयो, “वडाको बजेटले मात्रै धान्न नसक्ने भएपछि लागत सहभागिता समावेश गरिएको छ ।’

उनका अनुसार तालिममा सहभागीलाई प्रतिव्यक्ति रु ३ हजारका दरले शुल्क निर्धारण गरिएको छ । सिकेको सीपलाई व्यवहारमा लागू गर्न सकेको अवस्थामा आत्मनिर्भर बन्न कसैको मुख ताक्नु पर्दैन । तालिममा प्रशिक्षार्थीको पनि लगानी भएपछि तालिम अझ प्रभावकारी बन्ने विश्वास गरिएको व्यास-३ का वडाध्यक्ष अनुप रानाको भनाइ छ ।

वडाबाट सीपमूलक तालिमका लागि रु २ लाख बजेट विनियोजन गरिएको उनी बताउँछन् । आइतबारदेखि सुरु भएको उक्त तालिमको मुख्य प्रशिक्षकमा अञ्जिल मियाँ रहेकी छिन् छ । तालिम जेठ २४ गतेसम्म सञ्चालन हुनेछ । बेरोजगार युवायुवतीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन नगरपालिकाले प्राथमिकता दिँदै आएको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिएका छन् ।

‘सीप सिकेर विदेशमा होइन स्वदेशमै स्वरोजगार बनाउन पहल गरिनुपर्छ’, उनले भने, ‘व्यास नगरपालिका मातहत रहेका १४ वटै वडामा सीपमूलक र आयमूलक तालिमलाई जोड दिइएको छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्