इलाम-२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर-२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । उनी २७ हजार ७ सय ७२ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो ।

एमाले उम्मेदवार नेम्वाङले २७ हजार ७ सय ७२ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

उनका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ९थेगिम०ले ११ हजार ४ सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले ८ सय १६ मत प्राप्त गरेका हुन् ।

त्यस्तै, १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्