आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई लालीगुराँस सेवा समाजद्धारा छात्रवृत्ति प्रदान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । उक्त समाजले आर्थिक अभावमा बीचमै पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यले विपन्न चार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

जिल्लाको फक्ताङलुङ गाउँपालिका-२ खेजेनिम गाउँ अवस्थित मेजेनिम माध्यमिक विद्यालयमा अध्ययनरत चार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेगरी लालीगुराँस सेवा समाज संस्था र विद्यालयबीच सम्झौता भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमार पताङवाका अनुसार कक्षा ५ भन्दा मुनिका दुई छात्र र दुई छात्रा गरी चार विद्यार्थीलाई वार्षिक रु ३ हजारका दरले कक्षा १० सम्म छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ ।

सो सम्झौता अनुसार छात्रवृत्ति प्राप्त विद्यार्थीले कक्षा छाडेर गएमा विद्यालयको सिफारिसमा अर्का विद्यार्थीलाई प्रदान गरिने छ । उक्त संस्थाले चालु आर्थिक वर्षका लागि आवश्यक रकम विद्यालयलाई उपलब्ध प्रदान गरिसकेको छ ।

संस्थाले रु २ लाख बराबरको खेलकुद सामग्री उपलब्ध गराएको विद्यालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्