हावाहुरीले त्रियुगा नगरपालिका सहितका क्षेत्रमा करोडौँको क्षति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । हावाहुरीले त्रियुगा नगरपालिका सहितका क्षेत्रमा करोडौँको क्षति गरेको छ । आइतबार बिहान आएको हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका ७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाँईले जनाएका छन् ।

हावाहुरीका कारण विभिन्न स्थानमा सडक छेउमा रूख ढल्दा ६८ वटा विद्युत्का खम्बा भाँचिएका छन् । विद्युत्का खम्बा भाँचिएपछि बेलका नगरपालिका, कटारी नगरपालिकासहित त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

त्यसैगरी त्रियुगा नगरपालिका ९ राजाबास सहित गैरुन क्षेत्रमा विद्युत्का खम्बा ढलेर विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण गाईघाटका प्रमुख विजयबाबु खत्रीको भनाइ छ । खम्बा भाँचिदा रु १ करोड ५० लाख भन्दा बढीको क्षति भएको अनुमान विद्युत प्राधिकरणको छ । विद्युत् सञ्चालन गर्न तीन दिन लाग्ने प्राधिकरणले जनाएको छ ।

हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिका आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा सयौँ घरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ । क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको प्रहरीको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्