सुनको मूल्यमा नयाँ रेर्कड, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६ सय रुपैयाँले बढेर १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजाबी सुन १५ सय ५० रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १ सय १० रुपैयाँले बढेर प्रतितोला १९ सय १० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्